राजनीति


संसद्का महासचिव गौतमले पेस गरे सर्वोच्चमा लिखित जवाफ

संसद्का महासचिव गौतमले पेस गरे सर्वोच्चमा लिखित जवाफ

नेपालखबर
पुस ४, २०७९ सोमबार ६:३३, काठमाडौँ

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव निष्प्रभावी भएको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका छन्। 

सर्वोच्च अदालतलको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र  दिनुको कारणबारे लिखित जवाफ माग गरेको थियो।

लिखित जवाफमा भनिएको छ, ‘नेपालको संविधानको धारा १११ को उपधारा १० को प्रतिबन्धात्मक वाक्यांशमा रहेको तर कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ भन्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दा प्रतिनिधिसभाको कार्यकाल समाप्त भइसकेको तथा निर्वाचनबाट नयाँ प्रतिनिधिसभाका सदस्यहरू निर्वाचित भइसक्नुभएको सन्दर्भमा महाभियोग सिफारिस समितिको प्रतिवेदन उपरको कारबाहीको निन्तरता कायम रहने देखिँदैन।’

तत्कालीन प्रधानन्यायाधीश जबरामाथि गत फागुन १ गते महाभियोगको प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका राणाले अनिवार्य अवकास पाउनुभन्दा एक साताअघि संसद् सचिवालयबाट महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएका थिए। तर, सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि जबराको उक्त प्रयास सफल हुन सकेन। गत मङ्सिर २७ गते उनको अनिवार्य अवकास भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .