राजनीति


प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन, अवसर पाए लिन्छु : प्रचण्ड

प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन, अवसर पाए लिन्छु : प्रचण्ड

फाइल तस्बिर।


नेपालखबर
पुस ४, २०७९ सोमबार १०:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको प्रष्टिकरण दिएका छन्। 

प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको प्रष्टिकरण दिएका हुन्।

‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु। तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन,’ प्रचण्डले भने, ‘बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन।’

उनले भावी प्रधानमन्त्रीका लागि छलफल चलिरहेको र सत्ता गठबन्धनको बैठक बसेर सजिलै टुंगो लाग्ने पनि बताए।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा जानकारी नभएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad