राजनीति


ओली र प्रचण्डबीच खुमलटारमा के के भयो कुराकानी?

रमेश मल्ल भन्छन् : बालुवाटार सरेपछि भोलि थप छलफल हुन्छ
ओली र प्रचण्डबीच खुमलटारमा के के भयो कुराकानी?

खुमलटारमा दुई नेता। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १३, २०७९ बुधबार १४:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ।

ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता भएको हो। बालकोटको बार्दलीमा उभिएर सत्ता गठबन्धन बनाएका दुई नेता बुधबार खुमलटारको छतमा उक्लिएर सरकारबारे छलफल गरेका छन्। 

प्रचण्डका एकजना स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच सरकारका नीति तथा कार्यक्रमलाई लिएर छलफल भएको बताएका छन्। 

'उहाँहरुबीच सरकारका नीति कार्यक्रम के के बनाउने? सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा भयो', उनले भने, 'मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएका निर्णय कार्यान्वयनबारे पनि कुरा भएको छ।'

मल्लले यसबारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताएका छन्। 

'भोलिको छलफलले थप निर्णय गर्नेछ। अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो', उनले भने, 'आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन। सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad