राजनीति


पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो ११ सय ११ जनाको समिति, लिङ्देन संयोजक

पृथ्वी जयन्ती मनाउन राप्रपाले बनायो ११ सय ११ जनाको समिति, लिङ्देन संयोजक

नेपालखबर
पुस १८, २०७९ सोमबार १८:३६, काठमाडौँ

राष्ट्रियप प्रजातन्त्र पार्टीले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ। 

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

केन्द्रीय सचिवालयद्वारा आयोजित बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए। बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। 

उनका अनुसार पुस २७ गते बिहान काठमाडौंको भृकुटीमण्डपमा भेला भइ सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ।

त्यही दिन दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय श्रेष्ठले बताए। 

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा १,१११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने पनि राप्रपाले जनाएको छ। 

राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउदै आएको छ। उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिरहेको छ। 

राप्रपाले यस पटक गठबन्धन सरकारमा जानका लागि राखेको एउटा शर्तमा पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad