प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसदमा नयाँ दलको प्रवेशलाई जनता र लोकतन्त्रको जित भनेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले यो पटक नयाँ दलहरु संसदमा आएका बताउँदै यो लोकतन्त्रकै सुन्दर पक्ष भएको उल्लेख गरे।
'नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो', उनले भने, 'तपाईंहरुको आवेग जायज छ।'
उनले अब केही हुँदैन भन्ने भावना त्याग्नुपर्ने बताए। 'केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ', उनले भने, 'विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ।'
36
Shares

प्रतिक्रिया