राजनीति


विश्वासको मत दिने सांसद्‌प्रति प्रधानमन्त्री प्रचण्डले प्रकट गरे विशेष आभार

विश्वासको मत दिने सांसद्‌प्रति प्रधानमन्त्री प्रचण्डले प्रकट गरे विशेष आभार

नेपालखबर
पुस २६, २०७९ मंगलबार १९:१६, काठमाडौँ

आफूलाई विश्वासको मत दिएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका सांसद तथा सिंगो संसद्‌प्रति विशेष आभार प्रकट गरेका छन्। 

आज बसेको प्रतिनिधिसभाका बैठकमा २७५ सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डका पक्षमा मतदान गरे। २७० सांसद मतदानमा सहभागी भएकामा २ जनाले मात्र विपक्षमा मतदान गरे।  

आफूप्रति गरेको विश्वासलाई इमान्दारीपूर्वक सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले प्रकट गरेका छन्।  

‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसदप्रति विशेष आभार व्यक्त गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .