काठमाडौँस्थित सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।
आज बिहान उनको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपचारमा संलग्न चिकित्सकले माओवादी नेता पुनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी गराएका हुन्।
अघिल्लो बुधबार रोल्पा गएका पुनलाई शनिबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको हो।
आजै बिहान उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि माओवादी नेता पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका थिए। यसअघि मंगलबार पुनलाई प्रधानमन्त्री प्रचण्ड सुमेरु अस्पताल गएका थिए।
99
Shares
प्रतिक्रिया