राजनीति


प्रचण्डलाई समर्थन गरेको जसपाले सभामुखमा कांग्रेसलाई सघायो

प्रचण्डलाई समर्थन गरेको जसपाले सभामुखमा कांग्रेसलाई सघायो

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १६:१६, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार हुने सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ। 

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारलाई लिएर तीव्र असन्तुष्टि जनाएको जसपाले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरेको हो।

मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको जसपा पुस १० मा एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनमा पनि मिसिएको थियो। 

एमाले नेतृत्वको सत्ता साझेदार दलहरुसँग जसपाले उपराष्ट्रपति पद मागेको थियो। तर उपराष्ट्रपति पद नमिल्ने भएपछि जसपा आक्रोशित हुँदै मंगलबार विस्तार भएको मन्त्रिपरिषद्मा सहभागी भएको थिएन।

यस्तोमा बुधबार नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पद उम्मेदवारी दर्ता गराउँदा जसपाले समर्थन गरेको छ।

न्यौपानेको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बस्दा समर्थकमा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला उभिएका छन्। 

उनलाई कांग्रेससँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेका छन्।

सत्तारूढ दलहरुबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। 

उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सत्तारुढ दलले सघाउने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .