प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ।
प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
माघ १७, २०७९, मंगलबार
प्रतिक्रिया