राजनीति


सांसदहरु काठमाडौंमै बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर लखेट्छन् : उपसभामुख राना

सांसदहरु काठमाडौंमै बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर लखेट्छन् : उपसभामुख राना

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १४:६, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौं केन्द्रित हुँदा जनताले राँको बालेर खेद्न सक्ने बताएकी छन्। 

बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

रानाले सांसदहरु काठमाडौं केन्द्रित हुन नहुने भन्दै राजधानीकेन्द्रित हुँदा कहिलेकाहीँ गाउँ पुगेका बेला जनताले राँको लिएर लखेठ्ने बताइन्। 

‘मैले केही गाउँ भिजिट गरेँ। उपसभामुख भइसकेपछि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुरामा ध्यान दिनुहुनेछ', उनले भनिन्, 'सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ। हामी काठमाडौंकेन्द्रित मात्रै भएर बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर खेदाउँछन्।’

उनले उपसभामुखलाई उप, चुप भनेर हेपिएको पनि बताइन्। 'मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु। महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ', उनले भनिन्, 'उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको देखेँ।'

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि त्यो कुरा जानकारी पाएको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .