समाज


भिटामिन ‘डी’ को कमी भए के हुन्छ, कसरी प्राप्त गर्ने?

भिटामिन ‘डी’ को कमी भए के हुन्छ, कसरी प्राप्त गर्ने?

नेपालखबर
माघ १९, २०७९ बिहिबार १४:२०, काठमाडौँ

स्वस्थ्य हुनका लागि चाहिने विभन्न स्रोतहरु मध्ये भिटामिन ‘डी’ पनि एक हो। भिटामिन ‘डी’ को कमी हुँदा निकै थकाइ लाग्ने, कमजोरी महसुस हुने र रोग प्रतिरोधात्मक क्षमता पनि बिस्तारै कम हुँदै जाने जस्ता समस्या देखिन्छन्। 

हाम्रो शरीरका लागि आवश्यक पर्ने भिटामिन ‘डी’ ८० देखि ९० प्रतिशत घामको किरणबाट प्राप्त गर्न सक्छौं। बाँकी रहेको १० प्रतिशत भने माछा, चिज र अण्डाको पहेँलो भागबाट पाइने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले जानकारी दिइन्। 

डा उप्रेतीका अनुसार भिटामिन ‘डी’ लिनका लागि हामी दैनिक बिहान २० देखि ३० मिनेट छाला देखिने गरि घाममा बस्नु पर्छ। त्यसरी बस्दा  स्रोत सूर्यको किरण सिधै छालामा परेपछि त्यसमा भएको अल्ट्राभ्वायलेट शरीर भित्र जान्छ र यसले विशेष खालको प्रकृयाबाट भिटामिन ‘डी’ बनाउने गर्छ।

‘भिटामिन ‘डी’  मानव शरीरमा हुने एउटा हर्मोन हो। त्यसकारण यसले भिटामिन ‘डी’ आफैँ उत्पादन गर्न सक्दैन यसलाई परिपूर्ति गर्नका लागि सूर्यको प्रकाश आवश्यक पर्ने उनले बताइन। 

विश्व स्वास्थ्य संगगठनले केही वर्षयता भारत लगायत नेपालमा भिटामिन ‘डी’ डेफिसिएन्सी हुनेको संख्या बढ्दै गइरहेको छ।  .

भिटामिन ‘डी’ कम हुँदा देखिने समस्या
मुटुमा समस्या, 
हड्डीमा समस्या 
रोगप्रतिरोधात्मक क्षमतामा कमी 
बढी निद्रा लाग्नु
कमजोरी हुँदै जानु 
बारम्बार संक्रमण भइरहनु
श्वास फेर्न गाह्रो भएको महसुस हुनु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .