परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन कोलम्बो प्रस्थान गरेकी छन्।
परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने मन्त्री पौड्यालको सचिवालयले जनाएको छ।
कोलम्बो पुगेलगत्तै मन्त्री पौड्याल बिहीबार साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ।
त्यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छिन्।
मन्त्री पौड्यालले शुक्रबार श्रीलंकाका समकक्षी अलि साब्रिसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन्।
भेटवार्तामा नेपाल श्रीलंका सिधा हवाई उडान, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आयोजना, अबरुद्द सार्कलाई गति दिने लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री पौड्यालले माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्धनेसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्किने छिन्।
प्रतिक्रिया