राजनीति


रविको पासपोर्ट मुद्दामा सरकारी वकिल कार्यालयले थाल्यो छानबिन

रविको पासपोर्ट मुद्दामा सरकारी वकिल कार्यालयले थाल्यो छानबिन

नेपालखबर
माघ २६, २०७९ बिहिबार १४:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोग गरेको मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र अध्यागमन विभागले उजुरी लिन नमानेपछि सिन्धुलीका युवराज पौडेल सफलले वकिल कार्यालयमा निवेदन दिएका थिए। 

निवेदन परेपछि वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा बुधबार पत्र पठाइसकेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए। 

‘हामीले हिजो प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा पत्र पठाएका छौं। जवाफ आइसकेको छैन। जवाफ आएपछि निवेदकले उठाएको विषय पुष्टि हुने आधार देखिए अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउँछौं’, नेउपानेले नेपालखबरसँग भने। 

नागरिकताको मुद्दामा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताका आधारमा पासपोर्ट लिएर दूरुपयोग गरेको उजुरीमा उल्लेख छ। उनले पासपोर्ट दूरुपयोगको मुद्दामा छानबिन गर्न भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर प्रहरीले हालसम्म पनि उक्त निवेदन दर्ता गरेको छैन। 

प्रहरीले दर्ता नगरेपछि उनले सरकारी वकिल कार्यालयमा निवेदन दिएका हुन्। रवि लामिछानेले जानि जानि झुटो विवरण बुझाई पासपोर्ट लिएको निवेदनमा उल्लेख छ। 

पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमाृजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। उक्त कसुर अनुसार लामिछानेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .