ad ad

राजनीति


नागरिकता विधेयक रोके सडक र सदन दुवैमा आन्दोलन चर्काउँछौँ : प्रदीप यादव

नागरिकता विधेयक रोके सडक र सदन दुवैमा आन्दोलन चर्काउँछौँ : प्रदीप यादव

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार १३:५७, काठमाडौँ

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिएका छन्। 

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन्। उनले आवाजबिहीनको आवाज कसले सुनिदिने? भन्दै प्रश्न पनि गरेका छन्। 

उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे। 

यादवले कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिए।

‘यो न्यायको मन्दिर हो। आवाजबिहीनको आवाज कसले सुनिदिने? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने? रुँदै आउँछन् उनीहरु', उनले भने, 'उनीहरुको लागि न्याय दिने आज कोही छैन। यही न्यायको मन्दिर हो नि। यहीँबाट जनताले न्याय पाउने हुन्। जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ? बाबुआमा नेपाली नागरिक हुँदा पनि आज नागरिकताबिना भड्किरहेका छन्। म सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .