राजनीति


अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी, महासचिव नरेश रोकाया

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी, महासचिव नरेश रोकाया

अध्यक्ष समिक बडाल र महासचिव नरेश राेकाया।


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ६:५१, काठमाडौँ

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा  समिक बडाल विजयी भएका छन्। 

गत २ फागुनबाट काठमाडौंमा भएको २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको मतदानबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी संगठनका निवर्तमान महासचिव समेत हुन्। 

७ वर्षपछि भएको अनेरास्ववियुको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल भएपछि विद्युतीय मेसिनबाट मतदान भएको थियो। 

निर्वाचनमा निर्वाचनमा १५१७ मत खसेको थियो। महासचिवमा नरेश रोकाया विजयी भएका छन् भने कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्। 

त्यस्तै, उपाध्यक्ष्मा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा बिष्ट विजयी भएका छन्। सचिवमा सञ्जिव धिताल, दिपक धामी, डा. सुजन कँडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, आशीर्वाद सुवेदी, अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad