ad ad

राजनीति


राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

फाइल फोटाे


नेपालखबर
फागुन ७, २०७९ आइतबार २१:०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ। 

सोमबार दिउँसो बस्नेगरी बैठक तय भएको महासचिव देव गुरुङले नेपालखबरलाइ जानकारी दिए।

राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसहितको गठबन्धन भत्किएर फागुन १० गते पुरानै कांग्रेस सहितको गठबन्धन ब्यूँतने बताइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो।

आइतबार कांग्रेसका महामन्त्री र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने विद्यार्थी संगठनभित्रको समस्या समाधान गर्न पदाधिकारी बैठक बस्न लागेको बताए।

राष्ट्रपतिमा अर्को सत्तारुढ दल नेकपा (एमाले) का उम्मेदवारलाई स्वीकार नगर्ने अडान लिइरहेका प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकसमेत बोलाउने तयारी गरेका छन्।

सर्वदलीय बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपतिको मनोनयन दर्ता अघि नै दलहरुबीच उम्मेदवारबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले तयारी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .