ad ad

राजनीति


राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

फाइल फोटाे


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १५:५३, काठमाडौँ

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न राप्रपाले शुक्रबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। 

राप्रपाको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शुक्रबार साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने जानकारी दिए।   
उनले राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाइएको पनि बताए। 

निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको छ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुले मत दिन पाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .