आगामी फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका यी दलबीच सत्तामा पनि सहकार्य गर्ने तयारी छ।
नेकपा एमालेलाई छाड्दै प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले गत शुक्रबार नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनाएका छन्।
शुक्रबार नै बालुवाटारमा बसेको गठबन्धन बैठकमा उनले एमालेले सत्ता छाड्ने बताउँदै अब कांग्रेससहितका दलहरु सत्तामा आउनुपर्ने बताएका थिए।
फागुन १४, २०७९, आइतबार
93
Shares
प्रतिक्रिया