ad ad

कला


पलले सफाइ पाएपछि पूजा शर्मा : सबै कुरा सुन्दर भएर आयो

पलले सफाइ पाएपछि पूजा शर्मा : सबै कुरा सुन्दर भएर आयो

नेपालखबर
फागुन १४, २०७९ आइतबार १९:११, काठमाडौँ

नाबालिग गायिकालाई बलात्कार आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएपछि नायिक पूजा शर्मा खुसी भएकी छन्।

पल जेलमा रहँदा पनि उनको बचाउमा उत्रिरहने पूजाले पललाई उच्च अदालत पोखराले सफाइ दिएलगत्तै सामाजिक सञ्जालमा आफ्नो खुसी पोखेकी छन्।

उनले आज (आइतवार) पानी परेर सबै फोहोर पखालिएको बताउँदै आफ्नो साथी पलले पनि सफाइ पाएको लेखेकी छन्। 

पलले सफाइ पाउँदा सबै कुरा सुन्दर भएर आएको पनि उनको भनाइ छ। 'आज पानी पर्यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो', उनले भनेकी छन्, 'अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान!' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .