सर्वसाधारणको फोन ट्यापिङ गर्न पाउने व्यवस्थासहितको नेपाल विशेष सेवा विधेयक २०७६ संसदमा विचाराधीन छ।
यसले व्यक्तिगत स्वतन्त्रता कुण्ठित पार्ने भन्दै चिन्ता र विरोध व्यक्त भइरहेको छ।
तर, सत्तारुढ नेकपाका राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले भने अमेरिकी जासुसी संस्था सीआईए र भारतीय जासुसी संस्था रअ का एजेन्टलाई कारबाही गर्न ल्याइएको भन्दै सो विधेयकको बचाउ गरेका छन्।
रअ र सीआईएले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर हैरान पारेको भन्दै विडारीले दाबी गरे।
‘यो विधेयकको मुख्य काम इन्टेलिजेन्स हो। अमेरिकाको सीआईए कुन कानुनले चल्छ? नेपाल आएर काम गरिरहेका छन्। त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन्। त्यो नेपालले थाहा पाउनुपर्यो कि परेन? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नुपर्यो कि परेन?’ विडारीले भने, ‘हैरान पारेको छ रअले नेपालमा। आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। त्यसको एजेन्टको को को हुन्, खोजीखोजी कारवाही गर्ने ऐनमा लेखेको छ।’

प्रतिक्रिया