ad ad

राजनीति


कमल थापा भन्छन्– लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो

कमल थापा भन्छन्– लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो

नेपालखबर
फागुन २०, २०७९ शनिबार १४:५२, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको बताएका छन्। 

मकवानपुर पार्टी कमिटीले शनिबार हेटौंडामा आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकका ठुला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए।

अर्बौं भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाइडबडि सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार भएको भन्दै उनले ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको टिप्पणी गरे। 


विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधिनता कमजोर भएको उनको जिकिर छ। 

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्ति गर्दै थापाले कार्यकर्ताहरूलाई उच्च मनोवलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला अध्यक्ष गुरु सापकोटा , राजाराम अर्याल, बद्री कुँवर, मन डिसि, भृगु कार्की लगायतले उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .