राजनीति


प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको बहस सकियो, आदेश आउँदै

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको बहस सकियो, आदेश आउँदै

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १३:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ। 

प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो। 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायत कानुन व्यवसायीले बहस गरेका थिए। 

अब उक्त मुद्दाबारे सर्वाेच्च अदालतको आदेश आउन बाँकी छ। आदेश दिने तयारी भइरहेको छ। 

सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडालगायतकै संयुक्त इजलासले आदेश दिएको थियो। 

प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरन र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।

निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा हालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad