राजनीति


चिनियाँ कम्युनिष्ट पार्टीले आज विश्वका राजनीतिक पार्टीसँग भिडियो वार्ता गर्ने

चिनियाँ कम्युनिष्ट पार्टीले आज विश्वका राजनीतिक पार्टीसँग भिडियो वार्ता गर्ने

नेपालखबर
चैत १, २०७९ बुधबार ६:८, काठमाडौँ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका राजनीतिक दलहरूबीच आज भिडियो लिङ्कमार्फत वार्ता हुँदैछ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङका अनुसार सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकको उद्घाटन गर्ने कार्यक्रममा छ।

उद्घाटनपछि उनले मुख्यवक्ताको रूपमा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुले जानकारी दिए।

‘आधुनिकीकरणतर्फको बाटो : राजनीतिक दलहरूको दायित्व’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दलका नेताहरू भेला हुँदैछन्। 

सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .