प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन्।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बिहान ११ बजे हुनेछ।
प्रधानमन्त्रीसँग छलफलका लागि बाेलाइएकाे चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालखबरलाई जानकारी दिए।
छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्याेग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई मन्त्रिपरिषद्को कार्यालयमा बाेलाइएकाे छ।
उद्याेगी व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खाेजेका थिए।
2.5k
Shares

प्रतिक्रिया