ad ad

राजनीति


उपत्यकामा स्ववियु निर्वाचन : १५ क्याम्पसमा मतदान जारी, ११ क्याम्पसमा स्थगित

उपत्यकामा स्ववियु निर्वाचन : १५ क्याम्पसमा मतदान जारी, ११ क्याम्पसमा स्थगित

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत ५, २०७९ आइतबार ९:४७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ।

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ।

त्रिविसहित काठमाडौं उपत्यकाका १५ क्याम्पसमा मतदान जारी छ। ११ वटा क्याम्पसको निर्वाचन रोकिएको नेकपा एकीकृत समाजवादी (एस)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले नेपालखबरलाई बताए। 

उनका अनुसार नेपाल कमर्श क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको छ।

पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, पाटन बहुमुखी क्याम्पस तथा विश्वभाषा, रत्नराज्यलक्ष्मी र बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन।

बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन्।

बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .