निर्वाचन आयोग नेपालले आइतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्।
त्यसक्रममा सम्माननीय राष्ट्रपतिज्यूले स्थानीय तहदेखि राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए।
उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा गरेकोमा आयोग र सरोकारवाला निकायलाई धन्यवाद दिए।
प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनबारे विस्तृत जानकारी गराए।
त्यसक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी सहभागी थिए।
Shares

प्रतिक्रिया