प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय अन्तराष्ट्रिय रंगशाला बनाउने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उनले खेलाडीमाथि न्याय गर्न गुणस्तरीय रंगशाला बनाउन दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।
उनले भने, 'एउटा गुणस्तरीय रंगशालासमेत नपाएका खेलाडीले देशलाई विश्वकप छनोटसम्म पुर्याए। ती माथि न्याय गर्न हामी सबै एक ठाउँमा उभिनुछ।'
आईसीसी लिग २ मा खराब सुरुवात गरेको नेपालले शानदार पुनरागमन गर्दै चैत २ गते यूएईलाई पराजित सिधै विश्वकप छनोटमा पुर्याएको थियो।
सुरुका २४ खेलमा ८ खेल मात्रै जितेको नेपालले अन्तिमका १२ मध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्दा सिधै विश्वकप छनोटमा पुग्न सफल भएको छ।
24
Shares

प्रतिक्रिया