राजनीति


पत्रकार महासंघका पदाधिकारीले फेरि भेटे सभामुख घिमिरेलाई

पत्रकार महासंघका पदाधिकारीले फेरि भेटे सभामुख घिमिरेलाई

सभामुखलाई भेट्दै पत्रकार महासंघको टिम। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत ६, २०७९ सोमबार १९:१४, काठमाडौँ

सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन्। 

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँगसम्बन्धी विधेयकहरुको अवस्थालगायत विषयमा छलफल भएको छ। 

भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदानप्रदान कार्यक्रममा सभामुखको भनाइले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको जनाएको थियो। 

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए। 

उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताए।

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .