मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज (बिहीबार) फेरि बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत रहेका मन्त्रालयहरु भागबण्डाबारे छलफल गर्न बालुवाटारमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजे शीर्ष नेताहरुको बैठक बस्न लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ।
बुधबार बेलुकी बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको थियो।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
चैत ९, २०७९, बिहीबार
33
Shares
प्रतिक्रिया