ad ad

राजनीति


कोशी प्रदेश सरकार नछाड्ने मा‌ओवादी केन्द्रको निर्णय

कोशी प्रदेश सरकार नछाड्ने मा‌ओवादी केन्द्रको निर्णय

माओवादी प्रदेश १ दलका नेता इन्द्र आङ्बो। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


ध्रुव भट्टराई
चैत १०, २०७९ शुक्रबार १७:०, विराटनगर

कोशी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिने भएको छ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अन्य प्रदेश भन्दा कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको बताए।

कोशी  प्रदेश सभामा रहेको माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरि माओवादी केन्द्र संसदीय दलको निर्णय सार्वजनिक गरेका हुन्।

'अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकार ढाल्न सहज भए पनि बनाउन सकस छ' , नेता आङ्म्बोले भने, 'मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अहिले बहुमतमा छ। अहिलेको अवस्थामा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, मन्त्री फिर्ता पनि गर्दैन।'

उनले सरकारले तत्काल  पहिचान पक्षधर आन्दोलनकारीलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आव्हान गरेका छन्।

उनले सरकारले आन्दोलनकारीलाई वार्तामा बोलाएर सकेसम्म मागलाई सम्बोधन गरेकोले गर्न समेत आग्रह गरेका छन्। 

माओवादी केन्द्र संसदीय दलको नेता आङ्म्बोले प्रहरीको कुटाइबाट मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गरि क्षतिपूर्ति प्रदान गर्ने मागसमेत गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .