ad ad

राजनीति


पौडेल भन्छन् : गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुग्यो

पौडेल भन्छन् : गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुग्यो

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १९:१६, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताए।

सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्याए। 

उनले भने, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन। राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन। तपाईंहरुले देखिरहनु भएको छ–जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने। सरकारमा कसरी पुग्ने चिन्ता थियो। अब सरकार कसरी टिकाउने। सरकार कसरी जोगाउने? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन।’ 

उनले थपे, ‘यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन। सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ। आजै बनिसकेको छ। अहिले नै तपाई देखिरहनु भएको छ–मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगिसकेको छ। देशको अर्थतन्त्र एकदम धरापमा परेको छ। राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ।’

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप समेत लगाए। उनले एमाले निकट अनेरास्ववियूलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दूरुपयोग गरेको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .