ad ad

राजनीति


कोशीमा भइरहेको आन्दोलनबारे गम्भीर बन्न सरकालाई भनेको छु : मन्त्री किराँती

कोशीमा भइरहेको आन्दोलनबारे गम्भीर बन्न सरकालाई भनेको छु : मन्त्री किराँती

नेपालखबर
चैत ११, २०७९ शनिबार २०:२८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमा्एका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन्। 

मन्त्री किराँतीले मिस लम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं यस्तो बताएका हुन्।

पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए। उनले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताए। 

मन्त्री् किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पारे।

‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दछु। हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रीपरिषद्को बैठकमा,’ उनले भने, ‘हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा। जसले वीरगति प्राप्त गर्नुभयो, यहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ। किराँतीहरुको चेलीहरु राम्री मात्रै हुँदैनन्, बहादुर पनि हुन्छन्।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे।

उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताए। अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताए। 

यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .