ad ad

राजनीति


अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको हो– एमाले उपाध्यक्ष पौडेल

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको हो– एमाले उपाध्यक्ष पौडेल

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०७९ आइतबार ९:५५, सुर्खेत

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन्। 

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन्।  

यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए। 

‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ’, उनले भने, ‘सम्बन्धबाट घर्किन थाल्नुभयो। धोका दिएर फर्किनुभयो।’ 

अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि  चर्को समस्या परिरहेको टिप्पणी उनले गरे। उनले भने, ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन।’ 

एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा उपाध्यक्ष पौडेल आज सुदूरपश्चिमका डोटी, अछाम जाने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .