राजनीति


दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैन : वामदेव

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैन : वामदेव

फाइल तस्वीर


नेपालखबर
चैत १२, २०७९ आइतबार १६:१०, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन्।

उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे। सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे।

उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए। 

उनले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए। 

उनले भने, ‘यो संविधानमा भएको दलितको अधिकार र कर्तव्य भन्ने समाप्त गर्नुपर्छ। जतिसक्दो छिटो संशोधन गर्नुपर्छ। हामीले कलंक बोकेर संसारको सबैभन्दा उत्कृष्ट संविधान भन्छौँ। उत्कृष्ट संविधान हो, जसले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्छ ? भाषा त्यस्तै छैन, त्यो भन्दा अर्को अर्थ लाग्दैन। हामी उनीहरुलाई खुशी बनाउन चकलेट दिन चाहन्छौँ, चुप लागेर बस भनेर। कसको निम्ति ? त्यही उत्पीडन गर्ने समुदायको निम्ति? भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ। छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .