राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दैछन्।
सोमबार बिहान ८ बजे काठमाडौंको हनुमानढोका पछाडि याट्खामा राष्ट्रपति पौडेल सो कार्यक्रममा सहभागी हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
१७ चैत २०७७ मा निधन भएका जोशीको मष्तिष्कघातको समस्या देखिएपछि भेन्टिलेटरको सहायतामा उपचार भएको थियो। उपचारका क्रममा उनको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।
जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष थिए।
111
Shares
प्रतिक्रिया