नेपाली सेनालाई दिँदै आएको सहयोगलाई अमेरिकाले निरन्तता दिने भएको छ।
दुई देशका सेनाबीच काठमाडौंमा तीन दिनसम्म चलेको छलफलमा अमेरिकी सेनाले पूर्ववत सहयोगलाई निरन्तरता दिने जनाएको हो।
दुई देशका सेनाबीच मानवीय सहायता, तथा विपद उद्धार, शान्तिक कार्य संचालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहकार्य गर्दै आएका छन्।
जंगी अड्डामा भएको छलफलमा अमेरिकी सेनाका प्यासिफिक कमाण्डका डिपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए।
अमेरिकी टोलीका २२ जना र नेपाली टोलीबाट परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ जना सहभागी थिए। यस्तो संवादले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विश्वास नेपाली सेनाको छ।
अर्को वर्षको बैठक २०२४ मार्चमा अमेरिकामा हुनेछ।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया