राजनीति


प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेट्न ढिला गर्नु हुँदैन : विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेट्न ढिला गर्नु हुँदैन : विश्वप्रकाश शर्मा

नेपालखबर
चैत १६, २०७९ बिहिबार ११:३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन्।

बुधबार राजधानीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्नु नहुने बताएका हुन्। 

उनले मिटरब्याजी पीडितहरुल प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरे।

‘मिटरब्याजीसँग सरकारले दुई तीन वटा कुरा क्रमशः गर्नुपर्छ। मिटरब्याजीहरुले जो कोही गएर संवाद गर्दापनि उहाँहरुले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीज्युलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरुको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौं। आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन। प्रधानमन्त्रीले अविलम्व भेट दिनुपर्छ।’

महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुने रहेको उनले बताए।

उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानूननि र्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

‘उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ। दोस्रो उहाँहरुले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानून बनाउने, संसदबाट प्रक्रिया अघि बढाउने, तेस्रो कुरा मिटरब्याजीहरू जुनसुकै राजनीतिक दलको छत्रछायाँमा हुन्, काँग्रेस, एमाले, माओवादी वा अरु दलका उनीहरुलाई कुनैपनि झमेलामा नराखि काम गर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले अविलम्व भेट्नुपर्छ। हामी उहाँहरुको आन्दोलनको समर्थन गर्न र संसदमा लैजान तयार छौँ। लोकतन्त्र कति धेरैले बोल्न पाए होइन, उनीहरुले बोलेका कुरा कति सरकारले सम्बोधन गरेको छ त्यो अहिलेको लोकतन्त्र हो।’

उनले मिटरब्याजी पीडितहरु कुनैपनि राजनीतिक दलको छत्रछायाँमा रहेको भएपनि उनीहरुको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको
बताए।

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभइ बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्नेकुरा मुख्य रहेको उल्लेख गरे।

महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरूको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .