राजनीति


राष्ट्रियसभामा नेकपाको शक्ति बढ्दै छ : नेपाल

राष्ट्रियसभामा नेकपाको शक्ति बढ्दै छ : नेपाल

नेपालखबर
पुस २०, २०७६ आइतबार ६:११,

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा पार्टीको जिम्मेवारी बढ्दै गएको बताएका छन्।

प्रेस संगठन कञ्चनपुरले आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे।

‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ’, उनले भने, ‘जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ।’ जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुंगो लगाउने जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो। ‘पर्यटन आर्थिक विकासको इन्जिन हो’, उनले भने, ‘यसलाई गतिशील बनाउन आवश्यक छ।’

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुंगो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए। ‘आर्थिक विकासका लागि सबैसित सद्भाव चाहान्छौँ’, उनले भने, ‘छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad