राजनीति


नेपाल एयरलाइन्सको टिकट फुर्सद हुनेले मात्रै काट्छन् भन्ने छ : प्रदीप पौडेल

नेपाल एयरलाइन्सको टिकट फुर्सद हुनेले मात्रै काट्छन् भन्ने छ : प्रदीप पौडेल

नेपालखबर
चैत २२, २०७९ बुधबार १६:३१, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन्।

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताए। उनले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए। 

नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए।

सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको गुनासो गरे।

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको बताए। उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .