राजनीति


मन्त्रीका छोराहरूले विभिन्न घटना घटाए, राप्रपाले भ्रष्टाचार हुन दिँदैन : जबरा

मन्त्रीका छोराहरूले विभिन्न घटना घटाए, राप्रपाले भ्रष्टाचार हुन दिँदैन : जबरा

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:३६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको पनि बताए। 

‘यो देशमा भ्रष्टाचार हुन हामी दिनेछैनौँ। तपाईहरु सचेत रहनुस्। यो सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भने, ‘सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरूले विभिन्न घटनाहरु घटाइरहेका छन्। सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ।’

उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए। 

उनले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने पनि बताए। 

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरेका छन्। 

मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग उनले गरे। 

‘वर्षायाम आइसक्यो। धान रोप्ने बेला भइसक्यो। जिल्लामा मलखादहरु पुगिरहेको छैन। यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्‍यो,’ उनले भने, ‘राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्नेकुरा पटक पटक आइरहेको छ। यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्‍यो।’नत्र योपालि बजेट पास हुन गाह्रो होला।’

उाले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .