राजनीति


बारा–२ मा गठबन्धनले चुनावी सभा गर्दै

बारा–२ मा गठबन्धनले चुनावी सभा गर्दै

नेपालखबर
बैशाख ४, २०८० सोमबार १४:२२, काठमाडौँ

पाँचदलीय सत्ता गठबन्धनले बारा–२ मा चुनावी सभा गर्ने भएको छ। बाराको महागढीमाईस्थित बरियारपुरमा आगामी वैशाख ७ गते चुनावी सभा गर्न लागिएको हो। 

बारा–२ मा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

चुनावी सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

उक्त सभा वैशाख ७ गते बिहान ११ बजेबाट सुरु हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बारा–२ मा नेकपा एमालका तर्फबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्। 

आगामी वैशाख १० गते बारा–२ सहित चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .