राजनीति


संघीय संसदका दुवै सदनको अधिवेशन मध्यरातिदेखि अन्त्य

संघीय संसदका दुवै सदनको अधिवेशन मध्यरातिदेखि अन्त्य

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १९:७, काठमाडौँ

संघीय संसदमा दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य गरिएको छ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेका हुन्। 

'नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेको छु', उनले भनेका छन्। 

गत मंसिर ४ गतेको आमनिर्वाचनपछि पहिलो बैठक पुस २५ गते बसेको थियो। शुक्रबार बसेकोसहित यो अधिवेशनका क्रममा जम्मा २८ वटा बैठक बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .