राजनीति


उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार २१:४५, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्। 

चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए।

उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उनले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताएका हुन्। 

लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताएका हुन्। 

‘लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ,’ उनले भने।
    

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो। 

‘उद्योगी व्यवसायी आतिनुपर्ने अवस्था छैन,’ उनले भने।  सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिहंले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको भन्दै यसलाई उकास्नु सबैको जिम्मेवारी रहेको बताए। 

उद्योगी विदेश पलायन हुने स्थितिबाट सरकारले जागाउनु आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले उद्योग गर्ने वातावरण सरकारले बनाइदिन आग्रह गरे। 

‘उद्यमशीलता आफैँमा सहज छैन। राज्यले वातावरण बनाइदिनुप¥यो।’ उनले भने।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले चितवनको उद्योग र उद्योगीको अवस्थाका बारेमा जानकारी गराए।

उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायतका १० विदेशी कम्पनीले सहभागिता जनाएका छन्।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० स्टल रहेका छन्। 

औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिएको छ।

आधुनिक प्रविधिको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .