धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ श्रमसँगै सामाजिक सञ्जालमा पनि सक्रिय छन्।
उनी कुनै घटना हुनासाथ त्यसप्रति प्रतिक्रिया जनाइहाल्छन्।
यस क्रममा उनले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले कम्मरमाथिका सबै लुगा खोलेको विषयमा कडा प्रतिक्रिया दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले सबैभन्दा ठूलो अन्याय त संसद् भवनभित्र पो हुने रहेछ भनी टिप्पणी गरेका छन्।
‘सबैभन्दा ठूलो अन्याय त संसद् भवनभित्र पो हुँदो रछ तऊ...बोल्नको लागि समय माग्दा पनि सर्ट खोल्नुपर्ने’, उनले लेखेका छन्, ‘समय मिलाएर दिनपरो, नत्र...।’
66
Shares

प्रतिक्रिया