समाज


राष्ट्रिय पत्रकारिता पुरस्कार समावेशी नभएको भन्दै ४ संगठनको विरोध

राष्ट्रिय पत्रकारिता पुरस्कार समावेशी नभएको भन्दै ४ संगठनको विरोध

राष्ट्रिय पत्रकारिता पुरस्कार कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत/तस्बिर: रासस


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ८:४९, काठमाडौँ

सरकारले ८औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०८० वैशाख २४ गते वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’  समावेशी नभएको भन्दै ४ संगठनले विरोध गरेका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकार संघ, मधेसी पत्रकार समाज र मुस्लिम जर्नलिष्ट क्लबले पुरस्कार समावेशी नहुनु  आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसङ्ख्यक समुदायका पत्रकारहरूप्रति पूर्वाग्रही हुनु मात्रै नभई उनीहरूको योगदानलाई सम्मान र कदर गर्न तयार नदेखिएको बताएका छन्।

नेपालको संविधानले अवलम्बन गरेका समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास उक्त पुरस्कारले गरेको बताइएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक पद्धति अवलम्बन गरेको राज्य व्यवस्थामाथि सरकार आफैले प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ।

'सबै जाति, वर्ग, लिङ्ग र समुदायको योगदानमा वर्तमान राज्यव्यवस्था स्थापित भएको वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन,' विज्ञप्तिमा भनिएको छ, 'हरेक परिवर्तनका आन्दोलनहरूमा सहयात्री आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायमाथि राज्यको यस किसिमको व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुँदैन।'

पत्रकारिताको माध्यमबाट योगदान गर्ने अग्रजहरूको भूमिका र लगानीलाई अनदेखा गर्नु अन्याय र विभेदको निरन्तरता भएको विज्ञप्तिमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad