राजनीति


शरणार्थी प्रकरणमा कारबाही गर्न बाधा पुर्‍याए अखिल क्रान्तिकारीले प्रतिरोध गर्ने

शरणार्थी प्रकरणमा कारबाही गर्न बाधा पुर्‍याए अखिल क्रान्तिकारीले प्रतिरोध गर्ने

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १९:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्ने सरकारको कदमा कसैले बाधा पुर्‍याए सशक्त प्रतिरोध गर्ने बताएको छ। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउन आफ्नो संगठनको पूर्ण समर्थन रहेको बताएको छ। 

‘सरकारको उक्त कदम रोक्नका लागि लागिपरेका भ्रष्ट र दलालका एजेन्टहरुलाई खवरदारी गर्दै सरकारको यो कदममा बाधा पुर्र्याउन खोजें अखिल (क्रान्तिकारी)ले सशक्त प्रतिरोध गर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ भुटानी शरणार्थी काण्ड लगाएत राज्य श्रोतः को दुरुपयोग र जनता ठग्ने भ्रष्ट र दलालहरुलाई कानुनी कारवाहीमा ल्याउने कार्यमा सरकारलाई हाम्रो संगठन अखिल (क्रान्तिकारी)को पूर्ण समर्थन सहित सहयोग गर्न तयार रहेको जानकारी गर्दछौँ।’

यस्तो छ अखिल क्रान्तिकारीको विज्ञप्तिः
भ्रष्ट दलालहरु जो सुकै हुन तत्काल कार्वाही गरियोस!
लाखौँ विद्यार्थीहरुको नेतृत्व गर्दै समग्र शैक्षिक रुपान्तरणका लागि संघर्षरत आम जनताको आशा र भरोसाको केन्द्र हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सरकारका राम्रा काममा साथ, समर्थन र सहयोग गर्दछ भने नराम्रा कार्यहरूको खबरदारी, विरोध र भण्डाफोर गर्दै आइरहेको यहाँहरु सबैमा अवगत नै छ। हाम्रो संगठन अखिल (क्रान्तिकारी)राष्ट्रियता, जनजीविका, जनतन्त्र र समाजवादी शिक्षाको पक्षमा उभिँदै आएको छ। 

हाम्रो संगठन तत्काल जनताको गास, बास, कपास र शिक्षा, स्वास्थ्य, रोजगार जस्ता अनिवार्य आवश्यकता र संविधानत स्थापित गरिएका मौलिक हक अधिकारको ग्यारेन्टी चाहन्छ भने अधिकारको दुरुपयोग गरी जनता र राज्यकोष माथि लुट मच्चाउने भ्रष्ट र दलालहरु लाई कानुनी कारवाहीको दायरामा उभ्याउन चाहन्छ।

शैक्षिक सत्रको सुरुवात मै पहिलो पटक देशका सबै विद्यालयहरुमा समयमै पाठ्यपुस्तक पुर्याउनु, सार्वजनिक बिदाका दिनमा समेत सरकारी कार्यालय बाट जनतालाई सेवा प्रवाह गर्नु, हिसाब नै देखाउनु नपर्ने गरी गृह मन्त्रालयबाट हुने दैनिक लाखौंको मात्रामा खर्च गर्ने व्यवस्था खारेज गर्नु , मिटरव्याजीलाई कारवाही गर्न आबस्यक कानुन जारी गरी कारवाही प्रक्रिया अगाडि बढाउनु जस्ता कार्यले आम जनतामा माओवादी नेतृत्व र सरकार प्रति आशा र विश्वास जागृत भएको छ। 

पछिल्लो समय नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहलाई कारवाहीको प्रक्रिया अगाडि बढाइ त्यस कार्यमा संलग्न उच्च तहका कर्मचारी र राजनैतिक नेतृत्व समेतलाई प्रकाउ पुर्जी जारी गरी अनुसन्धान थाल्ने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र माननीय गृहमंत्री नारायणकाजी श्रेष्ठको कदम प्रति उच्च सम्मान व्यक्त गर्दछौं।

सरकारको उक्त कदम रोक्नका लागि लागिपरेका भ्रष्ट र दलालका एजेन्टहरुलाई खवरदारी गर्दै सरकारको यो कदममा बाधा पुर्र्याउन खोजें अखिल (क्रान्तिकारी)ले सशक्त प्रतिरोध गर्नेछ। 

तसर्थ भुटानी शरणार्थी काण्ड लगाएत राज्य श्रोतः को दुरुपयोग र जनता ठग्ने भ्रष्ट र दलालहरुलाई कानुनी कारवाहीमा ल्याउने कार्यमा सरकारलाई हाम्रो संगठन अखिल (क्रान्तिकारी)को पूर्ण समर्थन सहित सहयोग गर्न तयार रहेको जानकारी गर्दछौँ।

यस्तो गंभीर प्रकारको भ्रष्ट र ठगी प्रकरणमा संलग्न भएका जुनसुकै तह र तप्काका जो सुकै व्यक्ति माथि निर्धक्क भएर निर्मम रुपमा छानबिन गरी कारवाही गर्न जोडदार माग गर्दछौँ।

यस्तो कार्यमा संलग्न व्यक्तिहरू जुनसुकै पार्टी वा संगठनमा आबद्ध भए पनि सम्बन्धित पार्टी वा संगठनले तत्काल निलम्बन गरी सरकारको छानबिन प्रक्रियामा सहजीकरण गर्नका निम्ति सम्बन्धित संघ, संगठन र पार्टीहरुलाई अपिल गर्दछौँ।

सरकारले कुनै पनि हालतमा भ्रष्ट र दलालहरुलाई कारवाही गर्ने प्रक्रिया नरोकियोस् भनी निरन्तर खवरदारी जारी राख्नेछौं। साथै राज्यकोष दुरुपयोग र जनता ठग्ने  काण्डका सबै फाइलहरु खोलेर जोसुकै भ्रष्ट दलालहरुलाई कारवाही गर्न सरकार समक्ष हार्दिक अपील गर्दछौँ। 
क्रान्तिकारी अभिवादन सहित! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .