ad ad

राजनीति


प्रधानमन्त्रीको दाबी– नागरिकताको विषय आजै टुंगो लगाइन्छ

प्रधानमन्त्रीको दाबी– नागरिकताको विषय आजै टुंगो लगाइन्छ

नेपालखबर
जेठ १३, २०८० शनिबार १२:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषय आजै टुंगो लगाउने दाबी गरेका छन्। 

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को २१औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर नेपालले साँखुमा आयोजना गरेको १९औँ साधारणसभालाई सम्बोधन गर्दै उनले नागरिकताको विषय आज टुंग्याइने बताएका हुन्। 

संसद्ले दुई–दुईपटक पारित गरेर पठाउँदा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्दा नागरिकता विधेयक राष्ट्रपति कार्यालयमै थन्किएको छ। 

वर्तमान सरकारले उक्त नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

‘आजै नागरिकताको विषय टुंगो लगाइन्छ’, प्रधानमन्त्री प्रचण्डले भने। 

आज अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .