ad ad

राजनीति


राष्ट्रपति मन्त्रिपरिषद्का आज्ञापालक मात्रै भए, नागरिकता विधेयक सच्चियोस् : राजेन्द्र लिङ्देन

राष्ट्रपति मन्त्रिपरिषद्का आज्ञापालक मात्रै भए, नागरिकता विधेयक सच्चियोस् : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८० आइतबार १२:५७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गलत विधि र प्रक्रियाबाट नागरिकता विधेयक ल्याएकाले त्यसलाई सच्याउनुपर्ने बताएका छन्। 

आइतबार बसेको संसद्‌ बैठकको सुरुमै बोल्दै उनले राष्ट्रपति मन्त्रिपरिषद्को आज्ञापालक मात्रै नभएको बताउँदै विधेयक सच्याउन माग गरेका हुन्। 

अध्यक्ष लिङ्देनले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाले यसलाई सच्याउनुको अर्को विकल्प नरहेको पनि उल्लेख गरे। 

‘नागरिकता विधेयक सच्याउनुपर्छ। प्रक्रिया र समय मिलेन। जुन प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भयो त्यो मानिँदैन’, उनले भने, ‘चाँडोभन्दा चाँडो नागरिकता विधेयक संसदीय प्रक्रियामा ल्याउनुपर्छ। प्रधानमन्त्री भारत जाने दिन नै किन नागरिकता विधेयक प्रमाणीकरण गरियो?’

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतको नयाँ संसद भवनमा राखिएको त्यहाँको नक्सामा समावेश नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने उनको अडान थियो।

यस अघि एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङ्देनले पनि बोल्न समय पाएका थिए।

त्यसक्रममा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरे।

‘बाबुआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनु पर्दछ। उनीहरुका लागि चाँडोभन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनु पर्दछ भन्ने कुरामा हामी कसैको दुईमत छैन’, उनले भने, ‘तर पछिल्लो दिनमा जुन प्रक्रिया र जुन समयमा प्रमाणीकरण गरियो। त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर विरोध र भत्सर्ना गर्दछ। हामी दोहोर्‍याएर भन्न चाहन्छौँ–चाडोभन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनु पर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .