ad ad

राजनीति


प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफल बन्यो : सांसद सापकोटा

प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफल बन्यो : सांसद सापकोटा

नेपालखबर
जेठ २१, २०८० आइतबार १६:२१, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन्। यो भ्रमण विगतको भन्दा अलग भएको पनि उनको भनाई छ।  

उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद अवरोध गर्नु जायज नभएको बताए।

‘यो कुरा उठाउनु जायज कुरा होइन। यसलाई प्रतिपक्षले संसदमा हंगामा गर्नका लागि विषय बनाएको छ। संसद नै अवरुद्ध गर्ने, वेल घेर्नेसम्मको पोजिसन लिनु जायज होइन,’ सापकोटाले भने, ‘संसदमा दुई, दुई पटक छलफल चलेर यहाँका सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा गएको, त्यसबेला विविध कारणले तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन। खाली प्रमाणीकरण गर्न बाँकी भएको कुरा गरेको न हो। राष्ट्रपति संस्था व्यक्ति होइन।’

संसदमा सबै प्रक्रिया पुरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको भन्दै यसमा केही गलत नभएको उनले बताए।

‘अविच्छिन्न उत्तराधिकारवाला संस्था हो नि। त्यो कार्यालयले प्रक्रिया पुरा भएर आएको कुरालाई प्रमाणिकरण ग¥यो। प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रमभंगता गर्दै राम्रो सफलता प्राप्त गरेको छ,’ सांसद सापकोटाले भने, ‘सहमति पत्रमा हस्ताक्षर हुन बाँकी छ। विश्वासको वातावरण बनाउदै लान सके यो कार्यान्वयन हुन्छ। विश्वासको वातावरण नभए सहमती भएकै पनि तोडिन्छ नि विगतको हेर्दापनि। यसपालिको भारत भ्रमण निरन्तरताको भ्रमण भन्दा अलग र सफलतापूर्वक सम्पन्न भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .