ad ad

राजनीति


संसद् खुलाउने विषयमा सभामुख–सचेतक बैठकमा मिलेन कुरा

संसद् खुलाउने विषयमा सभामुख–सचेतक बैठकमा मिलेन कुरा

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार ११:२८, काठमाडौँ

प्रतिपक्षी दलले संसद्मा जारी राखेको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग आज बिहान गरेको छलफल टुंगोमा पुग्न सकेन।

प्रमुख विपक्षीसहित विपक्षी दलहरूले आफ्ना मागका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरूसँग छलफल गर्ने बताएका छन्। 

दलहरूबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरू बैठकबाट बाहिरिएका छन्।  

‘सभामुखले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न भन्नुभएको छ’, सभामुख सचिवालय स्रोतले भन्यो, ‘बरु समय लिनुहोस् तर हाउस चल्नुपर्छ भन्ने सभामुखको कुरा रह्यो।’

नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण आइतबार सुरु हुनासाथ स्थगित संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आजका लागि बोलाइएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .